×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

प्रधानमन्त्री भन्दा शक्तिशाली गृहमन्त्री, मन्त्रिपरिषद्को निर्णय एक्लैले उल्टाईदिए

२० मंसिर २०७७

 काभ्रे : प्रधानमन्त्रीको अध्यक्षतामा हुने मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय र मापदण्डलाई गृहमन्त्री रामबहादुर थापा एक्लैले उल्टाई दिएका छन् । गृहमन्त्रीको आदेशका भरमा देशभरका क्रसर उद्योग बन्द हुँदा विकास निर्माण ठप्प भएको छ भने यस अघि पटक पटक जिल्ला समन्वय समिति मार्फत अनुगमन गरी कार्यान्वयनका लागि उद्योग मन्त्रीलाई बुझाईएको प्रतिवेदन रद्दिको टोकरीमा मिल्काईएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७७ साउन ५ गतेको मन्त्रीपरिषद् बैठकबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा ब्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ जारी गरेको थियो’ – जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका सदस्य उद्धव केसीले भन्नुभयो–‘मन्त्रीपरिषद्ले पास गरेको मापदण्ड गृहमन्त्री रामबहादुर थापाले कार्तिक २५ गते एकल निर्णय गरी मापदण्ड परिमार्जन गर्ने, जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा हुने अनुगमन समितिको सट्टामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।’ उक्त निर्णयले सरकारका दुई निकाय मध्ये कुन चाँहि आधिकारिक र कुन चाँहि कार्यान्वयन गर्ने भन्ने कठिनाई शुरु भएको प्रमुख केसीले बताउनु भयो । मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको असार मसान्तसम्म शशोधन गरिएको मापदण्ड पुरा नगर्ने उद्योगहरुको दर्ता खारेजका लागि प्रकृया शुरु गर्न स्थानीय सरकारलाई अनुमति प्रदान गरेको थियो । गृहमन्त्री थापाले मसिर १ गते देखि देशभरका क्रसर बन्द गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

Advertisement

गृहमन्त्री थापाले कार्तिक २५ गते, कार्ति २७ गते र कार्तिक २८ गते अलग अलग निर्णय गरी जिल्ला प्रशासन कार्यालयलाई पठाएका छन् । सोहि निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले उप समिति गठन गरी मसिर १० गते खानीजन्य पदार्थको मौज्दात सम्वन्धी प्रतिवेदन पेश गरेको उप समितिका सदस्य परशुराम थापाले जानकारी दिनु भयो । शंशोधित मापदण्डमा राजमार्गको राईट अफ वे वाट ५ सय मितिर, खोला वा नदि किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर, पक्कि पुलबाट ५ सय मिटर लगायतको मापदण्ड तोकेको छ । जिल्लामा अघिल्लो वर्षसम्म ३१ वटा उद्योग थिए । एक वर्षमा २१ वटा थप भई ५२ वटा पुगेका छन् । ५२ वटै उद्योग मापदण्ड विपरित भएको अनुगमन उप समितिको निश्कर्ष छ ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संघ सरकारका मन्त्रीहरुले पटक पटक अधिकार खोसेको बताउनु भयो । ‘यस अघि अनुगमन समितिबाट समन्वय समितिका उपप्रमुखलाई हटाउने काम भयो, अहिले प्रमुखलाई नै हटाएर काम विहिन बनाईयो’–समन्वय समिति प्रमुख उद्धव केसीले भन्नुभयो–‘प्रदेश सरकारले अनुगमनका लागि बार्षिक ६० लाख र संघ सरकारले बार्षिक १ करोड २० लाख पठाएर अधिकार कटौती किन ग¥यो ? बेकामे खर्च कटाउनुस कि अधिकार नखोस्नुस ।’ ‘विधीको शासन कायम हुनु पर्नेमा लगातार अधिकार खोस्ने काम भएको छ’–केसीले भन्नुभयो–‘लगातार दुई वर्ष उद्योगहरुको अनुगमन ग¥यौं, उद्योगमन्त्रीले अनुगमन गरी प्रतिवेदन बुझ्नु भयो तर प्रतिवेदन कार्यान्वयन होईन झनै उद्योगहरु अबैद्य रुपमा फस्टाउने काम भयो ।’ स्थानीय सरकारले प्राप्त गरेको खानिजन्य तथा नदिजन्य सामाग्री बापतको प्रदेश सरकार र जिल्ला समन्वय समितिलाई ०.५ प्रतिशत बुझाउनु पर्ने भए पनि हालसम्म प्राप्त नभएको केसीले बताउनु भयो । आर्थिक वर्ष २०७५ मा मात्रै जिल्ला समन्वय समिति काभ्रेले ०.५ प्रतिशतले ४० लाख रुपैया प्राप्त गर्दथ्यो । ८० करोडको ठेक्का लगाएका स्थानीय सरकारहरुले प्रदेश सरकारलाई समेत राजश्व बुझाएका छैनन । जिल्लामा धुलिखेल नगरपालिका र महाभारत गाउँपालिका बाहेक सबै पालिकाहरुमा उद्योगहरु संचालनमा छन् ।

Advertisement

गृहमन्त्रालयको हचुवा निर्णयका कारण कोरोना भाईरसले थिलथिलो भएको अर्थतन्त्रलाई धरासयी मात्रै नबनाई विकास निर्माणलाई समेत अवरोध गरेको समन्वय समिति प्रमुख उद्धव केसीले बताउनु भयो । खानी तथा क्रसर उद्योगहरुका जिल्ला अध्यक्ष भरत घिमिरेले मन्त्री परिषद्को निर्णय विपरित गृहमन्त्रालयले गरेको निर्णय उपर सर्वाेच्च जाने तयारी गरेको बताउनु भयो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top