वीर अस्पतालका कर्मचारीले आन्दोलन फिर्ता लिए

१९ मंसिर ७७, शनिबार

२० मंसिर,काठमाडौं ।
४६ दिनदेखि आन्दोलन गर्दै आएका वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा पाँच बुँदे सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै बीरका कर्मचारीहरु आन्दोलनमा थिए । कोभिड भत्ता वितरणमा देखिएका त्रुटी सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार वितरणको व्यवस्था गर्ने सहमति वार्तामा भएको छ ।

यसैगरी कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६–७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ ।

अस्पतालका पूर्ववत सेवाहरुसहित थप सेवाहरु अझ प्रभावकारी रुपले सन्चालन गर्ने, प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालय समक्ष पत्राचार गर्ने लगायतका सहमति पनि भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top