२० मंसिर, मोरङ ।
मोरङको सुनवर्षीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । सुनबर्षी ५ झुगीचोकबाट हतियार सहित एक जनापक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई शुक्रबार दिउसो नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनको चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैया समेत फेलापारी बरामदगरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।