×

NEPAL TIMES UPDATES

Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026

पशुपति र शङ्खमूल क्षेत्रमा वाग्मती सफाइ

२० मंसिर २०७७

२० मंसिर, काठमाडौँ ।

वाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

Advertisement
Advertisement

पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो ।

सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो । अधिकार सम्पन्न वाग्मतीले आगामी पुस २५ गते ४००औँ हप्ताको सफाइ अभियानलाई विशेष बनाउन खरेलकै संयोजकत्वमा समितिसमेत गठन गरेको छ । शङ्खमूल क्षेत्रको सफाइमा स्कुटरमा आई नदीमा फोहर फाल्नेलाई समाती टिपेर व्यवस्थापन गर्न लगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् ।

त्यस क्षेत्रमा प्रत्येक दिन बिहान १० मिनेट कुचो लगाएर सफाइ गर्ने सहमतिसमेत भएको छ । कुचो लगाउने काममा विभिन्न विद्यालयका विद्यार्थीलेसमेत स्वयंसेवीका रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी शङ्खमूलबाट बानेश्वर निस्कने मूल सडकमा पनि सफाइ गरिएको छ । त्यस क्षेत्रका घर पसलमा गई जनचेतनामूलक अभियानसमेत सो अवसरमा सञ्चालन गरिएको थियो । शङ्खमूलमा माइक्रो पार्कमा फोहर नगर्न र माइक्रोभित्र डष्टविन राख्न पनि जागरणमूलक अभियान चलाइएको थियो । बङ्गलामुखी जाने बाटोमा गत वर्ष राखिएको गमला फुटालेर त्यहाँ फेरि फोहर गरिएकाले सफाइ गरिएको छ । सफाइमा पोखरार्की आठ वर्षीय प्रेन्सा रेग्मीसमेत सहभागी भएको अभियानकर्मी पौडेलले बताइन् ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५५औँ हप्तामा गोकर्णेश्वर नगरपालिकाको हनुमान बाटिकास्थित नदी किनारमा सफाइ गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए।

सफाइमा अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजसमेत सहभागी भएको थियो । विगत आठ वर्षदेखि मुहानदेखि नै वाग्मती सफाइ गर्ने नाराका साथ गुह्येश्वरीमाथिको नदीमा विभिन्न गतिविधि हुँदै आएको छ । सफाइमा अपाङ्ग मानव अधिकार केन्द्र, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीसहित स्थानीयवासीकोसमेत सहभागिता थियो ।

विष्णुमती सफाइ अभियानकमो ३२४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं १७ स्थित खुसीबुँ क्षेत्रमा सफाइ गरिएको छ । खुसीबुँ पुलबाट शोभा भगवतीसम्मको नदी किनारमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए । सफाइमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत संस्था र स्थानीयवासी गरी ६० भन्दाबढीको सहभागिता थियो ।

वाग्मतीको तिलगङ्गा खण्ड सफाइको २७६औँ हप्तामा तिलगङ्गा आँखा प्रतिष्ठानअघिको नदी किनारमा सफाइ गरिएको छ । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको १९४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित मनोहरा कृषि बजार जडीबुटी क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा भएको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९२औँ हप्तामा नदीका विभिन्न क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथका उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ आगामी पुस २५ गते ४०० हप्तामा प्रवेश गर्दैछ । ४०० औँ हप्तामा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी, उपत्यकाका चक्रपथलगायत देशका १०६ भन्दाबढी स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएका छन् ।

Advertisement

कोरोना महामारीका कारण गत चैतदेखि भने नदी किनार निवास भएका अभियानकर्मीमात्र भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइमा सहभागिता जनाउँदै आएका छन् ।रासस

भर्खरको समाचार

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

सम्बन्धित खबरहरु

Scroll to Top