निर्माण सामाग्रीको मूल्य बढ्यो

२१ मंसिर ७७, आइतबार
Share this
770shares

२१ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार डण्डी र ढुंगा, गिट्टी, बालुवाको मूल्यमा उच्च रुपमा वृद्धि भएको छ । सिमेन्टको भने मूल्य बढेको छैन ।

Advertisement

हालको निर्माण सामग्रीको मूल्यमा २ महिनाअघिको मूल्य तुलना गर्दा निर्माण क्षेत्र महंगीको चक्रब्युहमा पर्ने अवस्था देखिन थालेको महासंघका अध्यक्ष रबि सिंहले बताए । उनका अनुसार छडको मूल्य दुई महिनामा बीचमा प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बढेको छ । दुई महिना अघि ५७ देखि ६३ रुपैयाँ प्रतिकिलोमा पाइने छड तथा जस्तापाता लगायतका स्टिल अहिले ७५ रुपैयाँदेखि ८० प्रतिकिलो पर्न थालेको छ । त्यसैगरी २२ देखि २५ हजार रुपैयाँ प्रतिट्रिपमा पाइने गिट्टी बालुवा अहिले ३५ देखि रुपैयाँसम्म पर्न थालेको छ । महासंघका अनुसार जीआई वायर प्रतिकिलो ८५ देखि ९० रुपैयाँबाट ११० रुपैयाँ पुगको छ । बुनिएको तार जाली प्रतिमिटर १८५ बाट २२० रुपैयाँ पुगेको छ । स्टिल उद्योगीहरुले विदेशबाट आयात हुने एमएस बिलेटको मूल्य बढेकाले मूल्य बढेको तर्क गरेका छन् । यस्तै सरकारले कात्तिक २८ गतेदेखि अवैध क्रसर उद्योग बन्द गरेकाले ढुंगा, गिट्टी, बालुवाको मूल्य बढेको तर्क उद्योगीले गरेका छन् । कोभिड १९ को महामारीबीच निर्माणको काम सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरुमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्याधिक रुपले मूल्यवृद्धि गरिएकोतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top