२२ मंसिर, धरान ।
प्रस्तोता तथा समालोचक बहु प्रतिभाका धनी चर्चित ब्यक्ति रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् ।
धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा नजिकका आफन्त र केही सञ्चारकर्मीको उपस्थितीमा उनिहरुले विवाह गरेका हुन् । नेपाली परम्पराअनुसार रमेश र नन्दाले विवाह गरेका हुन् ।
सामाजिक, राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश आफ्नो वाक कला कै कारण चर्चामा छन् । पछिल्लो समय उनको स्वरमा रहेको ‘रिंकेबुङको राँगो’ बोलको गीतका कारण उनले थप चर्चा बटुले । उक्त गीत अहिले टिकटक, फेसबुकमा समेत भाइरल छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आएकी छिन् ।
केही समयअघि इन्द्रेणीमा लोकदोहोरीका क्रममा गायिका कल्पना दाहालसँगको सामिप्यताका कारण उनीहरु दुवैको सम्बन्ध झागिएको समाचारहरु बाहिर आएपछि रमेशले आफ्नी प्रेमिकाका बारेका खुलासा गरेका थिए ।