पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

२२ मंसिर ७७, मंगलबार

२३ मंसिर, कञ्चनपुर ।

भीमदत्त नगरपालिका-८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ ।

निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको छ । काठमाडौंबाट आउने विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा मूर्तिका एउटा मूर्ति निर्माणका लागि छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताए ।

उनका अनुसार मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको छ । सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण गर्नुपर्ने छ । बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर सङ्कलन गरेको रु दुई करोड, भीमदत्त नगरपालिकाले रु ५० लाख,प्रदेश सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु ५० लाख मूर्ति निर्माणका लागि लगानी गरिएको छ ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । साढे तीन वर्षमा मूर्ति निर्माण हुने छ । निर्माण कम्पनीले भने दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्ने छन् ।

तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने छ । मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालयसमेत निर्माण गरिने छ । चार वर्षअघि जगद्गुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउका लागि मौनव्रतदेखि नेपालभर पैदल भ्रमण गरेका थिए ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top