×

NEPAL TIMES UPDATES

Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

२३ मंसिर २०७७

२३ मंसिर, पोखरा ।
पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो ।

Advertisement
Advertisement

पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे । सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए ।

सहकारीमार्फत हाल दुई हजार ५०० बाख्रा पालिएको छ । सहकारीमा १०० सदस्य आबद्ध भए पनि अन्यले भैँसी, गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुनापारी, सिनाललगायत जात पाल्ने गरेका छन् ।

साना फार्ममा १० तथा ठूलामा २०० वटासम्म बाख्रा पालिएको छ । “बाख्रापालनबाट हामी यहाँका सबै कृषक सन्तुष्ट छौँ । आफ्नै ठाउँमा बसेर यस पेशाबाट वार्षिक रु ९० लाख हाराहारीमा आम्दानी भएको छ”, सहकारीका अध्यक्ष गुरुङले भने, “बजारको कुनै समस्या छैन, वडा कार्यालयलगायतका सरकारी निकायबाट समेत राम्रो सहयोग पाएका छौँ ।”

यहाँका ठूला बाख्रापालक कृषकले वर्षमा रु १५ लाख हाराहारीमा बाख्रा बिक्री गर्ने गरेको र रु छ लाख बचत गर्ने गरेका छन् । बाख्राको प्रमुख बजार पोखरा हो । मागअनुसार गाउँबाटै गाडीमा बाख्रा बिक्रीका लागि पठाउने गरिएको छ ।

खरी र बोयर जातको क्रस गरिएको बोका प्रजननका लागि कास्कीबाहेकका पर्वत, बागलुुङ, स्याङ्जालगायतका क्षेत्रका कृषकसमेत खरिदका लागि आउने गरेको सहकारीले जनाएको छ ।

प्रजननका लागि प्रतिकेजी रु एक हजार तथा अन्य खसी बोका रु ६५० प्रतिकेजीका दरले फार्मबाट बिक्री हुने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । पशुपालनबाट राम्रो आम्दानी भएपछि पछिल्लो समय युवाहरुसमेत यसतर्फ आकर्षित छन् । विगतमा सडक सुविधा नहुँदा विकट रहेको यस ठाउँमा अहिले गाउँसम्मै ग्राभेल सडक निर्माण भइरहेको छ ।

यातायातको सुविधा र उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएपछि बाख्रा, भैँसीपालन र तरकारी खेती गर्नेहरुको सङ्ख्या बढिरहेको स्थानीयवासी बताउँछन् ।

बाख्रापालनबाट आफूहरुले राम्रो आम्दानी गरे पनि राज्यले दिने अनुदान सहयोग वास्तविक कृषकसम्म नपुगेको उनीहरुको गुनासो छ । कतिपय कृषकले अनुदान लिनकै लागि मात्र एक÷दुई वर्ष पशुपालन गर्ने अनि अनुदान आएपछि सो पेशा छाड्ने गरेकाले उत्पादनका आधारमा अनुदान दिनुपर्ने माग कृषकको छ ।

पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रापालनको गाउँ भनेर वडाको चिनारी भएको बताउँदै बाख्रापालन र अन्य पशुपालनलाई सँगै लैजाने योजना रहेको बताए । बीउ बोका वितरण, घाँस काट्ने मेसिनलगायतका कार्यक्रममार्फत कृषकलाई वडामार्फत सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिए ।

“बाख्राको पकेट क्षेत्र मौजा भनेर हाम्रोे वडा चिनिएको छ । महानगरका ३३ वडामध्येमा कृषिको राम्रो सम्भावना यहाँ छ”, वडाध्यक्ष गुरुङले भने, “बाख्रासँगै अन्य व्यावसायिक कृषि उत्पादनका माध्यबाट वडालाई कषि पर्यटनको ‘हब’ बनाउँछौँ ।”

Advertisement

साविकको जिल्ला पशु सेवा कार्यालय कास्कीले विसं २०७१ मा मौजालाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । त्यसयता भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तथा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट कृषकको गोठ सुधार, तालीम, बजारको सुनिश्चिततालगायतमा सहयोग हुँदै आएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए।(रासस)

भर्खरको समाचार

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

सम्बन्धित खबरहरु

Scroll to Top