बालुवाटारमा प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक जारी

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

Advertisement

बालुवाटारमा जारी बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

बैठक शुरु गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण तथा जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन आग्रह गरेका छन् ।

Advertisement

बैठकमा अहिले राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल भइरहेको बुझिएको छ ।

पछिल्लो समय राजतन्त्रको माग गर्दै भइरहेको विरोध प्रदर्शन र नेपाली कांग्रेससहितका दलहरुले सरकार विरोधी आन्दोलनमा जाने तयारीलगायत विभिन्न समस्याबारे प्रधानमन्त्री ओलीले छलफल थालेको उनको सचिवालयले जनाएको छ ।

Advertisement

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top