अभिनेता दिलीप कुमार अस्वस्थ

अभिनेता दिलीप कुमार अस्वस्थ

एजेन्सी । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या आएको छ ।

दिलीपको स्वास्थ्य विग्रिएको बारे उनकी पत्नी सायरा बानोले जानकारी दिएकी छिन् । पुराना अभिनेता दिलीप कुमार र अभिनेत्री सायरा बानोको जोडी फ्यानमाझ निकै लोकप्रिय छ । सायरा श्रीमान दिलीप कुमारको निकै ख्याल राख्छिन् । यसैबीच दिलीप कुमारको स्वास्थ्य विग्रिएको जानकारी दिदै सायराले दिलीपका लागी स्वास्थ्य लाभको कामना गर्न सबैलाई अपिल गरेकी हुन् । सायराका अनुसार दिलिप अहिले निकै कमजोर अवस्थामा पुगेका छन् । उनको इम्यूनिटी सिस्टम निकै कमजोर बनेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.