×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालकै पहिलो किवि बोट, ३३ वर्षदेखि उत्पादन हुँदै

२४ मंसिर २०७७

चरिकोट : नेपालमा पछिल्लो समय किवि फल निकै लोकप्रिय बन्दै गएको छ । किविलाई फलहरुको राजा भनेर चिनिने भएकाले पनि अहिले यो फल आम मानिसहरूको रोजाइमा पर्न सफल भएको हो । तर यही लोकप्रिय फलको माउ बोट दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर–६ सिमपानी स्थित श्यामबहादुर खड्काको घरमा अझँै सुरक्षित छ र वार्षिक उत्पादन भइरहेको छ ।

हेवार्ड जातको ३३ वर्षीय यो किवि बोट नेपालकै पहिलो किवि बोट भएको दाबी गर्दै खड्काले उक्त बोटमा एक सिजनमा ७० लेखि ८० किलो किवि फल्ने र १८ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

Advertisement

स्वीस सरकारको आर्थिक सहयोगमा लामोसाँगु–जिरी सडक बन्दै गर्दा सर्भेका लागि आएका स्वीस सिभिल इन्जिनियर जेएफ मेस्सी उहाँको घरमा भाडामा बसेको बेला २०४४ सालमा पहिलोपटक किवि विरुवा रोपेको थियो।

पाँच वर्षको लागि आएका स्वीस इन्जिनियर उक्त बिरुवा रोपेको दुई वर्षमै फर्केको र त्यस्को एक वर्षपछि लहरे बोटमा झुस जस्तो फल फल्दा आफूहरु तर्सेको खड्का सम्झनुहुन्छ ।

“घरको आँगन छेवैमा दोस्रो, तेस्रो वर्षसम्म पनि झुस जस्तो फल फलेपछि हामीलाई पनि स्वीस इन्जिनियरले यो खान हुने फल नै रोपेको होला भन्ने लागेर भुइँमा झरेको किवि कोट्याएर खाँदा गुलियो अनि स्वादिलो लाग्यो ।” उहाँले भन्नुभयो, “त्यसपछि भने उक्त फल बोकेर जानकारीका लागि कृषि कार्यालयदेखि धेरै कृषि विशेषज्ञहरूकोमा पुगे तर पत्ता लागेन ।”

२०५४ सालमा सो अन्जान फलको समाचार एक दैनिक पत्रिकामा प्रकाशित भएपछि भने केही जानकार व्यक्तिहरुले फोन गरेर बताएपछि मात्रै उक्त फल किवि भएको थाहा पाएको उहाँले बताउनुभयो ।

“त्यसपछि विदेश घुमेर आउनुहुने साथीहरुले पनि तपाईंको घरमा त सुनको अण्डा दिने कुखुरी रहेछ, यस्लाई नमास्नुस भन्न थालेपछि यस्को विरुवाको लागि नर्सरी गर्ने विषयमा निरन्तर लागिरहे र २०६३ सालमा शितोष्ण फलफुल रुटस्टक विकास केन्द्र बागवानी फार्म बोचमा यस्को नर्सरी सुरु गरी एक सय बोट किवि विरुवा उत्पादन ग¥यौं।” उहाँले भन्नुभयो, “त्यसपछि बागवानी केन्द्रका तत्कालीन कार्यालय प्रमुख चन्द्रमान श्रेष्ठले मलाई पनि सोही विधिबाट नर्सरी गरी बिरुवा उत्पादन गर्नुस भन्नुभएपछि मैले पनि विरुवा उत्पादन गरी किवि बोटको विस्तार गरेँ ।” उक्त नयाँ बोटबाट रोपेको तीन वर्ष अर्थात २०६६ सालबाट उत्पादन सुरु भएपछि आफू सफल भएको महसुस गरेको उहाँ बताउनुहुन्छ ।

२०६८ सालदेखि आमा किवि फलफुल नर्सरी उद्योग दर्ता गरि उहाँ व्यवसायीक रुपमा किवि खेतीमा लाग्नुभएको छ । उहाँको बगैंचामा हाल हेवार्ड, एलिसन, मन्टी, ब्रुनो, रेड, मिनि र गोल्डेन जातका किविहरु छन् । उहाँले हाल एक सिजनमा २२ सय किलोसम्म किवि उत्पादन गर्दै आउनुभएको छ भने नर्सरीमार्फत वार्षिक पाँचदेखि छ लाख रुपियाँसम्मको किवि विरुवा उत्पादन गरि विक्री गरिरहनुभएको छ ।

Advertisement

उहाँका अनुसार दोलखा अलावा यहाँबाट रामेछाप, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, गोर्खा, स्याङ्जा, बाग्लुङ, पाल्पा, जाजरकोट, ईलाम, संखुवासभा लगायतका जिल्लामा व्यवसायिक किवि खेतीका लागि विरुवा लगेका छन् ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top