२४ मंसिर, विराटनगर । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका-९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई ट्रमाडोल हाईड्रोक्लोराईड ८ हजार क्याप्सुल, नाईट्राभेट-१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १०० एमएलको ट्लानोकोफ ३० वोतल सहित पक्राउ गरेको हो ।
यस्तै ईटहरी-१३ खनारबाट मोरङको जहदा गाउँपालिका-४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई ट्रमाडोल ३६० क्याप्सुल र स्प्यासपेन १८८ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको हो ।
यस्तै ईटहरी-८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी-६ बाट लागुऔषध ट्रमाडोल हाईड्रोक्लोराईड ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।