भन्सार छली ल्याएका करिव तीन लाख बराबरको लत्ता कपडाहरु बरामद

२४ मंसिर, मोरङ । झापा र मोरङ जिल्लाको सिमानाका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतीय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर(७ सतिघट्टा एरियाबाट बरामद गरेको हो ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज मध्यान्ह साढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर(१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो ।

भारतीय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डारण गरेर राखिएको भन्ने विशेष सुचना पाइएपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top