एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनले जुलाइ ११ मा ट्विटमा लेखेका थिए, मेरो कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । अहिले म अस्पताल भर्ना भएको छु । परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ । उनले ट्विटमै पछिल्ला दश दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य परीक्षण गराउन समेतअनुरोध गरेका थिए । उनीहरूको नतिजा आउन बाँकी छ । त्यो ट्विट सन् २०२० को भारतको सबैभन्दा बढी उद्धृत ट्विट बनेको छ । अमिताभको यो ट्विट उद्धृत गरेका धेरै जसोले उनलाई शिघ्र स्वास्थ लाभको कामना गरेका थिए । धेरैले कोरोनाबाट बच्न हात धुने, मास्कको प्रयोग गर्ने गरौं भन्ने खालका सन्देश दिएका थिए । ७७ वर्षीय अभिनेता अमिताभ कोरोनामुक्त भई नियमित काममा समेत फर्किसकेका छन ।









