कृतीलाई पनि कोरोना संक्रमण

कृतीलाई पनि कोरोना संक्रमण

एजेन्सी । बलिउड नायिका कृती सेननलाई कोरोना संक्रमण भएको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् । नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन् । कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् । नायक बरुण धवन, कलाकार नितु कपुर पनि चलचित्रको छायांकनका क्रममा कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.