×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

२५ मंसिर २०७७

२५ मंसिर, बागलुङ ।
भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ ।

Advertisement
Advertisement

भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनःनिर्माणले गति लिएको जनाएको छ ।

पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनःनिर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनःनिर्माणको प्रगति बढेको हो ।

जिल्लामा पुनःनिर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको घर पुनःनिर्माण र १७१ घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार ३१७ लाभग्राहीले पुनःनिर्माणका लागि र १२५ लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार ५२९ घर पुनःनिर्माण र जम्मा दुई घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिइन् ।

“निजी आवासमा ६६ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएका छन्”, पाण्डेले भनिन्, “सम्झौता गरेका लाभग्राहीमध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७६६ घरले दोस्रो र एक हजार ५२९ घरले तेस्रो किस्ता बुझेका छन् ।”

तीमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्नपश्चात्को अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङले जनाएको छ ।

सम्पर्कमा छैनन् २११ लाभग्राही

निजी आवास पुनःनिर्माण लाभग्राहीको सूचीमा समावेश भएका २११ लाभग्राही सम्झौता नै गर्न नआएको पुनःनिर्माण प्राधिकरण बागलुङले जनाएको छ ।

तीमध्ये पुनःनिर्माणतर्फका १६५ र ४६ प्रबलीकरणतर्फका लाभग्राही सम्झौता गर्न नआएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख पाण्डे बताउँछिन् ।

उनका अनुसार २११ जनालाई सम्झौता गर्नका लागि यही मङ्सिर मसान्तसम्म अन्तिम समयसीमा दिइए पनि हालसम्म कोही लाभग्राही सम्र्पकमा आएका छैनन् ।

लाभग्राहीको सूचीमा रहेका लाभग्राहीले मङ्सिर मसान्तभित्र कार्यालयमा आई सम्झौता गर्न सक्नेछन् । हरेक स्थानीय तहको वडासम्म छुटेका लाभग्राहीलाई सम्झौता गर्नका लागि आह्वान गरिएको छ ।

प्रबलीकरणमा देखाएनन् लाभग्राहीले चासो

भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचीमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये जम्मा दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये १२५ जनाले प्रथम किस्ताबापतको रु ५० हजार लगे पनि दोस्रो किस्ता लिन जम्मा दुई जना प्रबलीकरणतर्फका लाभग्राही आएका छन् ।

एक सय २३ प्रबलीकरणका लाभग्राहीले घर प्रबलीकरण गर्न चासो नदेखाएको एकाइ प्रमुख पाण्डेको भनाइ छ । अलि महँगो र प्राविधिकरूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् ।

प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनःनिर्माण गर्न खोजेमा पुनःनिर्माणतर्फ रु तीन लाख अनुदान दिइने व्यवस्था भए पनि लाभग्राही नआएको एकाइ कार्यालयको भनाइ छ ।

प्रबलीकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि लाभग्राही आकर्षित नभएको हुनसक्ने एकाइको अनुमान छ । घर पुनःनिर्माण गर्नका लागि तीन किस्तामा रु तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा रु एक लाख अनुदान रकम दिइँदै आएको छ ।

जिल्लामा अन्य संरचना पनि पुनःनिर्माण

पुनःनिर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा मन्दिर निर्माण गरिरहेको छ । प्राधिकरणले रु १७ करोड लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल गरेको छ ।

उक्त सडकमा पर्ने लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुल निर्माण गरिरहेको प्राधिकरण कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा गुम्बा निर्माण गर्नसमेत पुनःनिर्माण प्राधिकरणले काम अगाडि बढाएको छ ।

Advertisement

झण्डै रु ६३ लाखको लागतमा निर्माण थालिएको ८०० वर्गमिटरको गुम्बा दुई तलाको हुनेछ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न जग्गा खरिद भए पनि घर निर्माण अगाडि बढेको छैन । (रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top