×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

भिजिट भिसामा कडाइ, बीमा अनिवार्य लगायतका प्रावधान थपिदै

२६ मंसिर २०७७

काठमाडौं: सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने गृहकार्य अगाडि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले पछिल्लो समय भिजिट भिसाको दुरुपयोग भएकोले यसलाई नियन्त्रण गर्न छलफल अगाडि बढाइएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले काम गरिरहेको उहाँले बताउनुभयो । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार थप्ने गरी गृहकार्य भइरहेको विभागको भनाइ छ ।

Advertisement

कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागिदार बनाउने गरी विभाग छलफलमा जुटेको हो । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ ।

पछिल्लो समय खाडी मुलुकको युएइमा भिजिट भिसामा गएर अर्को मुलुक जान खोज्ने अनि समस्यामा पर्ने जस्ता घटना देखा पर्ने गरेका छन् । सरकारले कोरोनाको कारण समस्यामा परी स्वदेशमा उद्वार गर्ने सबै भन्दा बढी नेपाली युएईबाट रहेको छ । घुम्न जाने नेपालीहरु अरुको प्रलोभनमा नपरी त्यहाँ गएर अलपत्र नपरुन भन्ने विभागको उद्देश्य रहेको महानिर्देशक केसी बताउनुहुन्छ ।

कामदार भिसामा पठाउँदा हाल कोरोनाको कारण प्रक्रिया लामो हुने भएकाले केही कम्पनीले पनि युएईमा भिजिट भिसामा पठाउने गरेको सूचना समेत आइरहेको विभागको भनाइ छ । त्यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले समन्वय गरेर वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, शैक्षिक परामर्श कम्पनीलगायतमा निगरानी बढाइएकाले भिजिटमा जानेकोे संख्या कम भएको अध्यागमन विभागका महानिर्देशक केसी बताउनुहुन्छ ।

भिजिट भिसामा विदेश जाने नेपालीको हकमा यूरोप र अमेरिकाको हकमा कुनै समस्या नरहेको विभागको ठहर । उक्त देशहरुले भिसा दिंदा नै उनीहरुको जिम्मेवार लिन्छन् कुनै विरामी वा कुनै समस्या परे जिम्मेवारी लिने गरेको उहाँ बताउनुहुन्छ ।भिजिट भिसामा जानेहरु मध्ये बढी खाडी र मलेसिया मुलुकहरुमा समस्या आउने गरेको भन्दै उक्त देशहरुमा जानेहरुलाई कडाई गरिँदै आएको विभागको भनाइ छ ।

Advertisement

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ भिजिट भिसाको दुरुपयोग गर्ने कुरा नयाँ नभएर विगतदेखि भइरहेको बताउनुहुन्छ । यसलाई रोक्न एक दुईवटा नियम बदलेर मात्रै भिजिट भिसाको दुरुपयोग नरोकिने उहाँको दाबी छ ।उक्त दुरुपयोगलाई रोक्ने हो भने अनुगमनमाथि पनि अनुगमन अर्थात् दोहोरो अनुगमन गर्न आवश्यक रहेको डा. गुरुङ बताउनुहुन्छ । एअरपोर्टमा सेटिङ मिलाउने र पठाउने व्यक्ति माथि निगरानी बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top