नेपाली सैनिकलाई अन्तर्राष्ट्रिय अवार्ड

२६ मंसिर ७७, शनिबार

२७ मंसिर,लन्डन ।
बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका हुन् । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।

विश्वका विभिन्न मुलुकका ३३ क्याडेट ४४ साताको प्रशिक्षणमा सामेल थिए । कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको थापाले बताए । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

‘यो मेरो मात्र भन्दा पनि नेपाली सेना र नेपालका लागि नै गर्वको कुरा हनुपर्छ,’ अवार्ड पाएपछि थापाले कान्तिपुरसँग भने, ‘यसले मलाई देश र जनताको रक्षार्थ नेपाली सेनामा थप जिम्मेवार भएर लाग्न प्रेरित गरेको छ ।’

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए । रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट तालिमका लागि विश्वमै प्रख्यात मानिन्छ । एकेडेमीले सन् १९४७ यता १२० देशका ५ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई तालिम दिइसकेको छ ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए ।

उनले यहाँ अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक व्यवस्थापनमा स्नातक पनि गरे । थापा आगामी जनवरीदेखि वेल्सको ब्रेकनमा हुने तीन महिने प्लाटुन कमान्डर ब्याटल कोर्समा सहभागी हुँदैछन् ।

थापाले बेलायती र नेपाली सेनामा धेरै भिन्नता रहेको बताए । ‘संख्यामा ब्रिटिस आर्मी सानो भए पनि कार्यकौशलता प्रभावकारी छ । चेन अफ कमाज्ड राम्रो लाग्यो,’ उनले भने, ‘त्यसो त सीमित श्रोत साधनबीच पनि नेपाली सेनाले विश्वमाझ आफ्नो छवि उच्च राखेको मेरो बुझाइ छ ।’

नेपाली सेनाले विकसित देशका सेनाभन्दा कम नभएको बारम्बार प्रमाणित गरिसकेको ब्रिगेडियर जनरल कुमारबाबु थापा बताउँछन् । सोभरिन परेड विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलगायत अन्य कर्मचारी पनि उपस्थित थिए ।

सो अवसरमा यूएईका राजकुमार शेख मोहम्मद बिन जाइदलगायत सेनाका उपल्लो दर्जाका अधिकृत र कुटनीतिज्ञहरु समेत सहभागी थिए ।(यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top