×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

तरकारी खेतीमा महिलाको सक्रियता

२७ मंसिर २०७७

२७ मंसिर,गलकोट ।
व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् ।

उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् । जिल्लाको काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुन र बागलुङ नगरपालिका–३ मूलपानीकी शरु बस्नेतले व्यावसायिक तरकारी खेतीबाटै मासिक रु एक लाख बढी कमाउँदै आएका छन् ।

Advertisement
Advertisement

लालकुमारी अब कृषक मात्र होइन, उनको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय गाउँपालिकामा बनेको छ । त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैडा घर भई बागलुङ नगरपालिका–३ मा आठ वर्षदेखि व्यावसायिक कृषि गर्दै आएकी शरु पनि जिल्लामा अब्बल महिला कृषकका रुपमा परिचय बनाउँदै आएकी छिन्।

चौध वर्षदेखि कृषिमा समर्पित लालकुमारी गाउँका अन्य दाजुभाइ दिदीबहिनीलाई समेत व्यावसायिक कृषि पेशामा लाग्न अभिप्रेरित गर्दै आउनुभएको छ । महिलालाई झट्ट विश्वास नगर्ने नेपाली समाजमा त्यतिबेला ठूलै हिम्मत बटुलेर निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेको पुनको भनाइ छ ।

४३ वर्षीया लालकुमारीले आफ्नो जग्गा जमिनका साथै केही जग्गा भाँडामा समेत लिएर २० रोपनी जग्गामा बेमौसमी र मौसमी तरकारी उत्पादन गर्दै आएकी छिन् ।

“हालै मात्र पाँच हजार केजी बेमौसमीरुपमा उत्पादित ब्रोकाउली बिक्री गरे, १४ वर्षदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छु, मैले मौसमीभन्दा बढी बेमौसमी तरकारी उत्पादनमा बढी जोड दिएको छु”, पुनले भनिन् “मौसमी तरकारीको भाउ नआउने भएकाले बेमौसमी उत्पादन गर्नतर्फ बढी अग्रसर भएको छु ।” हालै मात्र रु तीन लाखको बेमौसमी ब्रोकाउली मात्रै बिक्री गरेको उनको भनाइ छ ।

यस्तै एउटी महिला, म्याग्दीबाट बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, शरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए तर घर छोडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमानश्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको शरुको भनाइ छ ।

शरुलाई उनका श्रीमान् योगेन्द्रले हरेक काममा सघाउँछन् । बस्नेत दम्पतीले व्यावसायिक रुपमा तरकारी खेती गर्न बस्नेत तरकारी फर्म दर्ता पनि गरेका छन् । विसं २०६९ मा बागलुङ नगरपालिका–३ मूलपानीमा तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी थालेका बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउँदै गएपछि हाल स्थानीयको २० रोपनी जग्गा भाडामा लिएका छन् ।

भाडाको जग्गामा १५ वटा टनेल र केही खुलारुपमा व्यावसायिक तरकारी उत्पादन गर्दै आएको शरुले बताइन् । “भाडाको जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छौँ”, बस्नेतले भनिन्, “बन्दाबन्दी अगाडिसम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।” जग्गाको भाडामात्र वार्षिक रु दुई लाख छ ।

यस्तै लालकुमारीको बारीमा अहिले ५०० बोट अकबरे खुर्सानी पनि उत्पादनको चरणमा छ । अकबरे हरियो खुर्सानी, अचारलगायतका परिकार बनाएरसमेत बिक्री गर्दै आएको पुनको भनाइ छ । वडास्तरीय कृषि समितिको संयोजकसमेत रहेका लालकुमारीले आफूले मात्रै हैन, वडाका अन्य कृषकलाई समेत कृषि पेशामा आत्मनिर्भर गराउने गरी योजना लिएर अगाडि बढेको बताउँछिन् ।

“मैले बेमौसमी तरकारी खेतीमा जोड दिएको छु, तितेकरेलो, ब्रोकाउली, गोलभेँडालगायतका तरकारी अहिले तयारीमा छन्”, पुनले भनिन्, “कतै तरकारी नपाइने समयमा मेरोमा बारीभरि तरकारी हुन्छ, मूल्य पनि भनेको जति पाइन्छ, आम्दानी राम्रै हुन्छ ।” बीस रोपनी जग्गामा तरकारी खेती गर्दै आएकी पुनलाई उनका तीन छोरीले काममा सघाउँदै आएका छन् ।

बस्नेतको तरकारी फर्ममा हाल सात वटा हाइटेक र आठ परम्परागत टनेलमा टमाटर, धनियाँ, साग, घिरौँला, काउली, बन्दा र करेलालगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएका छन् ।

बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् । तरकारी व्यसायमा विचौलियाको अन्त्य हुनपर्ने उनको धारणा छ ।

“हामीले वर्षभरि मेहनत गरेर तरकारी उत्पादन गर्छौं”, बस्नेतले भनिन्, “यहाँबाट रु ५० मा खरिद गरेको तरकारी बजार पुग्दा रु १५० पुग्छ, विचौलियाले एकै दिनमा १०० कमाउँछ ।” विचौलियाको कारणले व्यवसायमा सोचेजस्तो नाफा नभए पनि खान बस्न भने पुगेको उनको भनाइ छ ।

उनले परम्परागत भन्दा हाइटेक टनेलमा राम्रो तरकारी उत्पादन गर्दै आएकी छिन् । तरकारी खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएकी लालकुमारीले ज्याला, जग्गा भाँडालगायतका खर्च कटाएर वार्षिक रु छ लाख बचत गर्दै आएको बताइन् । चार वर्षदेखि ऋषिका कृषि फर्मसमेत दर्ता गरेर व्यावसायिक फर्म सञ्चालन गर्दै आएकी छिन् ।

पुनको फर्ममा एक हाइटेक र चार अस्थायी टनेलमार्फत बेमौसमी तरकारी खेती गर्दै आएकी छिन् । उनी कृषि ज्ञान केन्द्र पर्वतबाट उत्कृष्ट कृषकको रुपमा विसं २०७५ मा पुरस्कृत भएकी थिइन् । कृषि ज्ञान केन्द्रबाट रु एक लाख ९० हजारको अनुदानसमेत प्राप्त गरेको लालकुमारीले बताइन् ।

पन्ध्र रोपनी जग्गा भाँडामा लिएर खेती गर्दै आएकी उनले वार्षिक रु ५० हजार जग्गाको भाँडा मात्रै तिर्छन् । थोपा सिँचाइ प्रविधिको प्रयोग गर्दै आएकी पुनले कृषिमा प्रविधिको प्रयोगसँगै बेमौसमी तरकारी उत्पादनमा सहज भएको बताइन् । अझै चार वटा टनेल थप्ने योजनामा रहेको पुनले बताइन् । तरकारी उत्पादन गर्नसके बजारको चिन्ता नरहेको उनको अनुभव छ ।

पुनको अगुवाइमा कादेश कृषि सहकारी सञ्चालन, कृषि समूह दर्तालगायतका कार्य गरेको उनको भनाइ छ । बाँझो जग्गा उपयोग गरी महिला आत्मनिर्भर हुन आवश्यक रहेको उनले बताए। वार्षिकरुपमा लसुन, टमाटर, आलु, प्याज, बन्दा, काउलीलगायतका तरकारी खेतीसमेत उनले गर्दै आएकी छिन् ।

यस्तै बस्नेतको फर्ममा तरकारीका साथसाथै बाख्रा पनि छन् । अलि पहिलेसम्म १७ वटा बाख्रा थिए, भर्खरै बेचेर १० वटामात्रै रहेका छन् । उनले प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टनेल निर्माण गर्न रु चार लाख अनुदान प्राप्त गरेको शरुले बताइन् ।

उनले विचौलियाको अन्त्य भएमा आफूजस्ता अरु कृषक पनि तरकारी व्यवसायमा लाग्ने बताइन् । तरकारी फर्ममा हालसम्म रु ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा बुर्तिवाङमा बिक्री हुँदै आएको छ ।

Advertisement

बजारको समस्या नभए पनि भनेजस्तो तरकारीले मूल्य नपाएको उनको गुनासो रहेको छ । उनले काउली, बन्दा तथा गोलभेँडाको नर्सरीमा बिरुवासमेत उत्पादन गरेकी छिन् ।(रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top