प्रधानमन्त्रीले भोली डाकेको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

२७ मंसिर ७७, शनिबार
Share this
735shares

२७ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथ संवैधानिक परिषदको बैठक आइतबार विहान ९ बजे बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् । आइतबार प्रधानमन्त्री ओलीको पार्टी नेकपाकै पनि स्थायी कमिटी बैठक छ। उनले पार्टीको बैठक छल्नका लागि पनि बैठक बोलाएको हुनसक्ने शंका कांग्रेसको छ।

संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, आयुक्त लगायत संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छ।

Advertisement

लामो समय पदाधिकारीविहीन भएपछि ओलीले परिषद बैठक बोलाउन देउवासँग शुक्रबार छलफल गरेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको देशव्यापी कार्यक्रमलाई लक्षित गरी परिषद बैठक बोलाउने प्रधानमन्त्रीको नियत सफा नदेखिएको बताए।

‘उहाँकै पार्टीको पनि बैठक छ, प्रतिपक्षी दलले देशव्यापी कार्यक्रमबारे आफ्नै प्रकारको योजना बनाएको बेला बैठक बोलाउने नियत सफा देखिँदैन,’ उनले भने, ‘त्यसकारण परिषद बैठक स्थगनको सम्भावना रहे त्यसलाई उचित मान्नुपर्छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top