२७ मंसिर, विराटनगर ।
पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।