NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

धमाधम खुल्दै विद्यालयहरु, हतारमा विद्यालय खोल्ने निर्णय गर्नु घातक हुने मन्त्रालयको चेतावनी

आइतवार मंसिर २८ , २०७७
Reading Time: 1 min read
A A
लकडाउन अन्त्य भएसँगै खुल्न थाले विद्यालय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ मंसिर, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घातक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य ग¥यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

Advertisement

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना संक्रमण गम्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

‘विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु गम्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले गम्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घातक हुनेछ ।’

कोरोना संक्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी संक्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा संक्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे संक्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना संक्रमित थपिएका हन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् । (नयाँ पत्रिका)

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.