धरिलो हतियार प्रयोग गरी महिलाको हत्या, भतिज पक्राउ

२७ मंसिर ७७, आइतबार

२८ मंसिर, कपिलवस्तु ।

Advertisement

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको गए राति हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए।

Advertisement

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ। हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए।(रासस)

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top