×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बेलायत र रुसको खोप मिसाएर पुनः परीक्षण गरिने

२८ मंसिर २०७७

२८ मंसिर, एजेन्सी ।
बेलायत र रुसका वैज्ञानिकहरूले यसअघि कोभिड–१९ विरुद्ध विकास गरिएका दुई खोप मिसायर पुनः परीक्षण गर्ने भएका छन् ।

बेलायतमा विकसित अक्सफोर्ड–अस्ट्राजेनेका र रुसको गमालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको स्पुतनिक–५ खोपको सम्मिश्रणले पहिलेभन्दा उत्कृष्ट नतिजा दिने विश्वास वैज्ञानिकहरूको छ ।

Advertisement
Advertisement

दुई समान खालका खोप मिसाउँदा यसले मानिसमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उनीहरूको विश्वास छ । बीबीसीका अनुसार, रसियामा हुने परीक्षणमा १८ वर्षमाथिका मानिसलाई सहभागी गराउने योजना छ तर परीक्षणमा कति सहभागी हुन्छन्, स्पष्ट भइसकेको छैन ।

रुसको गमालेया इन्स्टिच्युटलाई खोप विकास गर्न लगानी गरेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले परीक्षण यही डिसेम्बर अन्त्यसम्ममा सुरु हुने बताएको छ । अक्सफोर्डले अस्ट्राजेनेकासँगको सहकार्यमा तयार गरेको खोप सुरक्षित र प्रभावकारी भएको नतिजा द ल्यान्सेट जर्नलमा हालै सार्वजनिक भएको थियो ।

स्वतन्त्र वैज्ञानिकहरूले अध्ययन गरेको तथ्यांकले कोभिड संक्रमण कम हुनुका साथै बिरामी र मृत्यु हुने जोखिम पनि घटाएको देखाएको छ । अनुसन्धानमा ५५ वर्षमुनिका सहभागी थिए तर यस खोपले वृद्धवृद्धामा पनि काम गर्ने बताइएको छ ।

करिब दुई साताअघि अन्तरिम परीक्षणको नतिजा प्रकाशित गर्दा अनुसन्धानकर्ताहरूले उक्त खोप समग्रमा ७० प्रतिशत र न्यूनतम ६२ देखि अधिकतम ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताएका थिए ।

अनुसन्धानकर्मीहरू वृद्धवृद्धामा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्ने तथ्यांक संकलन गरिरहेका बताइएको छ । यस खोपलाई बेलायतको नियामक निकाय ‘मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले अनुमति दिन बाँकी छ ।

बेलायत सरकारले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोपलाई मान्यता दिएर गत मंगलबारदेखि आममानिसमा खोप अभियान सुरु भएको छ ।

उक्त खोपलाई बेलायतसहित अमेरिका, क्यानाडा, साउदी अरब, बहराइनजस्ता देशले पनि प्रयोगको अनुमति दिएका छन् । रुसी अधिकारीहरूले स्पुतनिक भी खोप ९२ प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएका थिए ।

Advertisement
Advertisement

उक्त खोप स्वास्थ्यकर्मी, शिक्षकहरू र सामाजिक कार्यकर्तालाई दिन सुरु भइसकेको बताइएको छ । तर, केही पश्चिमा वैज्ञानिकहरूले रुसले उक्त खोप विकासमा किन हतार गर्‍यो र यसको प्रभावकारिता कस्तो छ भन्नेबारे प्रश्न उठाएका थिए । यद्यपि रुसले ती नकारात्मक आलोचनालाई अस्वीकार गर्दै आएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top