दक्षिण कोरियामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला

२८ मंसिर, एजेन्सी । दक्षिण कोरियामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् ।

Advertisement

सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ ।

उनीहरूका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

Advertisement

कोरिया रोक नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अति गम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् ।

Advertisement

महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उनले बताएका छन् ।

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाइ गरेको छ। सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ।

रेष्टुरेन्टमा बस्न नपाइने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top