×

NEPAL TIMES UPDATES

Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026

२६ पुग्यो काठमाडौं महानगरपालिका !

२८ मंसिर २०७७

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो । महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।

Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना संक्रमणको विशेष परिस्थितिमा पनि औपचारिक कार्यक्रम गरी महानगर दिवस मनाउन लागिएको बताए । महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले बताए ।

यस्तै महानगरपालिकाले अहिले सम्म गरेका कामहरु र आगामी योजनाको सम्बन्धमा पनि जानकारी गराउने कार्यक्रम रहेको मेयर शाक्यले बताए । महानगर भित्रका भित्रि सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियान सुरु गरिएको र आगामी तीन महिना भित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बल्ने बताए ।

महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत गुठीहरु, खड्गी समुदायका गुठीहरु, गुँला बाजाका समूहहरु, इन्द्राजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव लगायतका पुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि मेयर शाक्यले बताऐ ।

यस्तै पहिलो जननिर्वाचित मेयर स्वर्गिय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई प्रदान गर्ने भएको छ ।

सेवा प्रवाहमा खटिरहेका पाँच जना जनप्रतिनिधि र पाँच जना कर्मचारीहरुलाई पनि सम्मान गर्ने भएको छ । यस बाहेक १० जना कर्मचारीहरुलाई उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको पनि महानगरपालिकाले जनाएको छ ।

Advertisement

यस्तै महानगरबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिकको पहुँचसम्म सूचना पु¥याउन महत्वपूर्ण भूमिका खेलेका १० जना सञ्चारकर्मीलाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top