अमेरिकाले मोडर्नाद्वारा निर्मित १० करोड डोज कोरोना खोप खरिद गर्ने

२८ मंसिर, एजेन्सी । अमेरिकाले मोडर्नाले निर्माण गरेको १० करोड डोज कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने भएको छ ।

सोमबारदेखि अमेरिकाले कोरोना खोप कार्यक्रम सुरु गर्न गइरहेको अवस्थामा मोडर्नाले यस्तो जानकारी दिएको छ । कोरोना खोपले अमेरिकामा यो महामारी अन्त्य गर्नको लागि सहयोग पुग्ने विशेषज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।

मोडर्नाले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा यो कम्पनीसँग २० करोड डोज कोरोना खोपको लागि अर्डर दिएको छ । मोडर्नाले दुई करोड डोज खोप डिसेम्बरको अन्तिमसम्ममा उपलब्ध गराउने बताएको छ । बाँकी खोप सन् २०२१ को पहिलो त्रैमासमा उपलब्ध गराउने मोडर्नाले बताएको छ ।

Advertisement

यसअघि गत अगष्ट महिनामा मोडर्नासँग अमेरिकाले १० करोड डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको थियो । उक्त सम्झौता एक अर्ब ५० करोड डलरमा भएको थियो । जसमा थप ४० करोड डोज खोप खरिद गर्न सकिने विकल्प राखिएको थियो ।

अहिलेसम्म अमेरिकामा एक करोड ६० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । पछिल्लो समय अमेरिकामा उल्लेख्य संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन् । अहिले अमेरिकामा दैनिक चीन हजारको कोरोनाबाट मृत्यु भइरहेको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ९७ हजार नाघेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top