प्रचण्डलाई फकाउने ओलीको पटक-पटकको प्रयास विफल

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे । भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर, दाहालले सो विषयलाई खासै महत्त्व दिएनन् ।

मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई भेटेका थिए । उनले त्यतिबेला बेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए । तर, दाहालले सो कुरा बैठकमा नै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएनन् ।

बुधबारको भेटघाटमा पूर्वएमालेका नेताहरुको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि दाहालसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका थिए ।

शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए । पोखरेलपछि आइतबार बैठकअघि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए । तर, अध्यक्ष दाहालले दुवैलाई विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए ।

आजकोनागरिक दैनिकमा समाचार छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top