×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

समायोजन भएका कर्मचारीलाई हाजिर नगराएर करारमा कर्मचारी भर्ना गर्ने ३५ स्थानीय तहको अनुदान कटौती

२९ मंसिर २०७७

२९ मंसिर, काठमाडौं । समायोजन भएका कर्मचारीलाई हाजिर नगराउने र करारमा कर्मचारी भर्ना गर्ने स्थानीय तहको अनुदान कटौती सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्ता ३५ वटा स्थानीय तहको एक करोड ८८ लाख १८ हजार रुपैयाँ अनुदान कटौती गरेको छ ।

Advertisement
Advertisement

मन्त्रालयले सचिवस्तरीय निर्णयबाट अनुदान कटौती थालेको हो । मन्त्रालयका अनुसार आफैँले मागेका कर्मचारीलाई हाजिर नगराएपछि ती कर्मचारीको तलब बराबरको अनुदान कटौती भएको छ ।

समायोजन भएका र स्थानीय तहले हाजिर गर्न नदिएका करिब तीन सय कर्मचारी अलपत्र छन् । उनीहरूलाई मन्त्रालयले नै काममा खटाउने गरेको छ । उनीहरूलाई हाजिर गर्न नदिई स्थानीय तहले करारमा नयाँ कर्मचारी भर्ना गर्दा राज्यमाथि दोहोरो भार परेको छ ।

अनुदान कटौती भएका स्थानीय तहमा काठमाडौं र ललितपुर महानगरपालिकासमेत छन् । बनेपा, रोशी, भक्तपुर, मन्थली, प्युठान, जनकपुर, अमरगढी, धुनीबेँसी, बेलकोटगढी, कागेश्वरी, सिद्धलेक, गोरखा, गल्छी, पालुङटार, दुर्गा भगवती र सुन्दरबजार नगरपालिकाको अनुदान कटौती भएको छ ।

यस्तै, गजुरी, नीलकण्ठ, तिलोत्तमा, मध्यपुर ठिमी, सूर्यविनायक, विदुर, पाँचखाल, धुलिखेल, कालिका, नेपालगन्ज, तारकेश्वर, पञ्चकन्या, धरान र बुटवल नगरपालिकाको पनि अनुदान कटौती गरिएको मन्त्रालयले जनाएको छ ।

धादिङको धुनिबेँसी नगरपालिकाले तीन कर्मचारीलाई हाजिर नगराएकाले सबैभन्दा बढी ११ लाख ९८ हजार रुपैयाँ अनुदान कटौती भएको छ । काठमाडौंको ६ लाख ४६ हजार र ललितपुरको चार लाख २० हजार रुपैयाँ कटौती गरिएको छ ।

१० मंसिरको मन्त्रिपरिषद् बैठकले समायोजन भई हाजिर हुन नपाएका कर्मचारीलाई केन्द्रले नै तलब दिने निर्णय गरेको थियो । कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको अनुदान कटौती गरेर उनीहरूलाई तलब दिन लागिएको छ । गत साउनदेखि आगामी चैतसम्मको उनीहरूको तलब बराबरको रकम कट्टा गरिएको हो ।

लोकसेवा आयोगसँग आफैँ माग गरेका कर्मचारीलाई समेत स्थानीय तहले हाजिर गर्न दिएका छैनन् । समायोजन भएका कर्मचारीलाई हाजिर गराएमा सम्बन्धित स्थानीय तहलाई कटौती भएको अनुदान दिइने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

सूचना आयोगबाट सचिवको दरबन्दी कटौती
सरकारले राष्ट्रिय सूचना आयोगमा रहेको सचिवको दरबन्दी कटौती गरेको छ । आयोगमा कार्यबोझअनुसार सहसचिवकै दरबन्दी पर्याप्त हुने निष्कर्षका आधारमा गत साताको मन्त्रिपरिषद् बैठकले सचिवको दरबन्दी कटौती गरेको हो ।

Advertisement
Advertisement

गत महिना काठमाडौं महानगरपालिकामा रहेको सचिवको दरबन्दी पनि कटौती गरिएको थियो । यस्तै, हालै बढुवा भएका दुई सचिवको पदस्थापन भएको छ । सुरेश आचार्यको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र मणिराम गेलालको राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन भएको हो । (नयाँ पत्रिका)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top