एजेन्सी । सोमबार यो वर्ष (सन् २०२०) को अन्तिम सूर्य ग्रहण लाग्दैछ ।
तर यो सूर्य ग्रहण दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतबाट पूर्ण रुपमा देखिने जनाइएको छ । नेपाल, भारत लगायतका मुलुकहरुबाट यो सूर्य ग्रहण देखिने छैन । जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दछ, तब सूर्य ग्रहण लाग्ने गर्दछ । यो पटक खण्डग्रास सूर्य ग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अर्थात १४ डिसेम्बर साँझ ७ बजेर ३ मिनेटदेखि १२ बजेर २३ मिनेटसम्म लाग्ने जनाइएको छ ।