चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

२९ मंसिर ७७, मंगलबार

३० मंसिर, काठमाडौं ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् ।

शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गण– गुल्मपतिहरूलाई भनेका छन् ।

पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए । सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमण क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको बताए ।

मंसिर २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर र अन्तर्गत युनिटहरूको निरीक्षण गरेका थिए । बुधबार पाँचथरको भैरवी दल गण, ताप्लेजुङको भीमकाली गुल्म, संखुवासभाको रणभीम गुल्म र इटहरीस्थित पृतना हेडक्वार्टरको निरीक्षण गरेका थिए ।

२५ गते ओखलढुंगा र भोजपुरस्थित सैनिक ब्यारेकको भ्रमण गरेका प्रधानसेनापति थापाले त्यसअघि मंसिर १६ गते उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसहित हुम्ला, कालीकोटलगायत जिल्लास्थित सैनिक ब्यारेकको निरीक्षण गरेका थिए । मंसिर १७ र १८ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर र मातहत जिल्लाका ब्यारेक पुगेका थिए ।

थापाले पछिल्लोपटक निरीक्षण गरेका जिल्लाका विकट भू–भागमा चन्द समूहका गतिविधि बढेका छन् । त्यसैलाई मध्यनजर गर्दै थापाले यी जिल्लाका ब्यारेक पुगेर चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन भनेका हुन् ।

‘आफ्नो जिम्मेवारी क्षेत्रमा भएका सुरक्षासम्बन्धी विभिन्न चुनौतीलाई विश्लेषण तथा अनुगमन गर्ने सेनाको दायित्व नै हो,’ प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘यसमा प्रधानसेनापतिको भनाइ गैरसंवैधानिक बाटो र हिंसात्मक गतिविधिमा संलग्नहरूको बारेमा विशेष निगरानी राख्नुपर्छ भन्ने नै हो । यसबारेमा जानकारी लिइरहनुपर्छ भनेर प्रधानसेनापतिले भन्नुभएको छ ।’

मुलुकको समग्र शान्तिसुरक्षाको स्थितिबारे जानकारीमा राखिरहनु र आवश्यकताअनुसार प्रशासन र अन्य सुरक्षा निकायलाई साथरसहयोग गर्नु सेनाको ‘न्याचुरल ड्युटी’ भएको उनले स्पष्ट पारे ।

‘मातहत युनिटमार्फत आ–आफ्ना इलाकाको शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गर्नु हाम्रा लागि अनन्याचुरल होइन, हाम्रो जिम्मेवारीभित्रकै दायित्व हो,’ पौडेलले भने, ‘चन्द समूहका संविधान र ऐनरनियमविपरीतका गतिविधि निगरानी गर्न जरुरी पनि छ ।’

शान्तिसुरक्षा व्यवस्थापनमा स्थानीय प्रशासनलाई सेनाले सधैं साथ–सहयोग गर्दै आएको उनले बताए । प्रधानसेनापति विभिन्न युनिटको भ्रमणमा जाँदा यस्ता सहयोगलाई अझ प्रभावकारी बनाउन र प्रशासनलाई मागअनुसार सहयोग गर्न पनि निर्देशन दिइएको उनले बताए । ‘यसका लागि पनि तयार भएर बस्नुहोस् । हिंसात्मक गतिविधिमा संलग्न समूहहरूको निगरानीमा विशेष ध्यान दिनुहोस् भनेर प्रधानसेनापतिबाट स्पष्ट रूपमा निर्देशन भएको छ ।’(कान्तिपुर)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top