भारतबाट भन्सार छलेर ल्याएको ट्रयाक्टर बरामद

भारतबाट भन्सार छलेर ल्याएको ट्रयाक्टर बरामद

३० मंसिर, विराटनगर ।
भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको १६ लाखको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

मोरङ सुनवर्षी नगरपालिका ७, गुद्री चोकबाट प्रहरीले ट्रयाक्टर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी चौकी बरडंगाबाट गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको १६ लाख मूल्य पर्ने ट्रयाक्टर बरामद गरेको हो ।

ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.