प्रदेश १ मा ४ महिनामा प्रहरीले उठायो ११ करोड राजश्व

२९ मंसिर ७७, मंगलबार

३० मंसिर, विराटनगर । प्रदेश १ का १४ जिल्लाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रहरीले ११ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

यस अवधिमा विभिन्न अपराधिक घटनाका २ हजार १ सय ७ मुद्धा दर्ता समेत दर्ता भएका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनपछि यस्तो तथ्याङ आएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

Advertisement

यस आर्थिक बर्षको गत ४ महिनामा मात्र २ हजार १ सय ७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी ३ सय बर्ष कैद भुक्तान भई , १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ ।

Advertisement

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गर्नुका साथै १२८४ क्यू.फिट. काठ बरामद गरी १४ लाख ९०० राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top