प्रचण्ड–नेपाल पक्षका नेताहरुको खुमलटारमा भेला जारी

प्रचण्ड–नेपाल पक्षका नेताहरुको खुमलटारमा भेला जारी

३० मंसिर, ललितपुर । सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट विरोध सुरु भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले अध्यादेशको विरोध गरेका छन् । अध्यादेशबारे छलफल गर्न प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सरकारको कदमबारे छलफल गरिरहेको खुमलटार स्रोतले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.