शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला

१ पुष, काठमाडौं । गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी त्रसित बनेका छन् ।

यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर टाढा रहेको वर्षे गाउँमा झण्डै १२ घर परिवार बसोबास गर्दै आएका छन् ।

द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको पकडमा रहेको उक्त गाउँमा पछिल्लो समय नेकपा माओवादी विप्लव समूहले पनि आफ्नो गतिविधि बढाउने प्रयास गरिरहेको छ ।

विप्लवका कार्यकर्ताले गरेको शिक्षक श्रेष्ठको हत्यालाई आफूहरूले पनि सोही रूपमा बुझेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् ।

यसअघि गत वर्ष पुस ६ मा पनि उक्त समूहले सोही पालिकाको किसानचौक–टाडी रमिते सडक निर्माणमा काम गर्दै गरेका तीनवटा स्काभेटरमा आगजनी गरेका थिए ।

शिक्षक श्रेष्ठको हत्यासँगै गाउँमा पूरै त्रास छाएको, घास दाउरा, मेलापात, गोठालो र खेताला गर्न जान समेत गाउँलेहरू डराइरहेको स्थानीय मनोहर आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठ बताउँछन् ।

गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला विप्लवका कार्यकर्ताले चलाएको र हत्या गरिएका शिक्षक श्रेष्ठसँग आफ्नो निकट सम्बन्ध रहेका कारण आफूलाई समेत गाउँ फर्किन गाह्रो भइरहेको मदनले बताए ।

शिक्षक श्रेष्ठको हत्यासँगै मदन पनि गाउँपालिकाको केन्द्र मधुमल्ला बजारतिर झरेका छन् । उक्त हत्यापछि गाउँका धेरै मानिस गाउँ छाडेर मधुमल्लातिर झरेको उनको भनाइ छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top