×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बाइडेनलाई पुटिनले दिए औपचारिक बधाई, सहकार्य गर्न इच्छुक

१ पुष, एजेन्सी ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार औपचारिक रूपमा बधाई दिएका छन् ।

विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्ने गरी आफूहरूबीचका मतान्तरलाई थाती राखेर दुवै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन् ।

Advertisement
Advertisement

राष्ट्रपति पुटिनले बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको जनाएका हुन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ ।

इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्ने गरी औपचारिक रूपमा मतदान गरेसँगै पुटिनले बाइडेनलाई बधाई दिएका हुन् । तर बाइडेनले रुसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ ।

चुनावी अभियानका क्रममा बाइडेनले पुटिनलगायत विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताएका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेका कारण ट्रम्पलाई विजयी हुन मद्दत पुगेको दाबी कतिपयको छ ।

बाइडेन राष्ट्रपतिमा विजयी भएको पुष्टि

अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भएको इलेक्टोरल कलेजका सदस्यहरूले पुष्टि गरेका छन् ।

यसलाई अमेरिकी राष्ट्रपति चुनावलाई औपचारिक मान्यता दिने अन्तिम चरणका रूपमा लिइन्छ । नोभेम्बर ३ मा भएको चुनावमा ३ सय ६ इलेक्टोरल मतसहित जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २ सय ३२ इलेक्टोरल मत प्राप्त गरे । अमेरिकी चुनाव प्रणालीअनुसार मतदाताले देशभरबाट ५ सय ३८ इलेक्टर चुन्छन् । ती इलेक्टरले चुनावपछि राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रूपमा मत दिने गर्छन् ।

बाइडेनको जित औपचारिक रूपमै पुष्टि भए पनि ट्रम्पले भने हार स्वीकार गरेका छैनन् । चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले त्यसको कुनै प्रमाण भने पेस गर्न सकेका छैनन् ।

सामान्यतया इलेक्टरहरूको खासै चर्चा नहुने भए पनि यस वर्ष ट्रम्पले चुनावी नतिजा उल्ट्याउने चेतावनी दिएका कारण अर्थपूर्ण रूपमा हेरिएको थियो । इलेक्टोरल कलेजले आफ्नो पक्षमा ३ सय ६ मत दिएपछि बाइडेनले चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयासलाई ‘अतिवादी कदम’ को संज्ञा दिएका छन् ।

यस्तो कदम यसअघि कहिल्यै नदेखेको उल्लेख गर्दै बाइडेनले चुनावी नतिजा उल्ट्याउने प्रयास विफल पारिदिएको भन्दै सर्वोच्च अदालतलाई समेत धन्यवाद दिए । इलेक्टोरल कलेजको भोट गणनाका लागि अब कंग्रेसमा पठाइन्छ ।

अर्को महिना औपचारिक रूपमा त्यसको गणना र घोषणा हुनेछ । आगामी जनवरी ६ मा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा बस्ने संयुक्त सत्रमा यसको औपचारिक रूपमा गणना हुनेछ ।

Advertisement
Advertisement

त्यसपछि जो बाइडेनले जनवरी २० मा राष्ट्रपतिका रूपमा शपथ लिन्छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top