ट्रम्पका निकट नेताले मौनता तोड्दै बाइडनलाई दिए बधाई

१ पुस ७७, बुधबार
Share this
763shares

१ पुष, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीका एक उच्च नेता सिनेट मेजरिटी लिडर मिच मक्कोनेलले गत महिना भएको राष्ट्रपति निर्वाचनमा विजयी बनेका जो बाइडनलाई बधाई दिएका छन्।

Advertisement

इलेक्टोरल कलेजहरूको मतदानले ट्रम्पविरुद्ध बाइडनको जित पुष्टि गरेको एक दिनपछि सिनेटर मक्कोनेलले उनलाई बधाई दिएका हुन्। अहिले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडनको कार्यकालका लागि निकै महत्त्वपूर्ण हुनेछ।

आउँदो महिना सिनेटका लागि हुने चुनावी अभियानका लागि बाइडनले जोर्जिआ राज्यको भ्रमण गरेका छन्। आउँदो ज्यानुअरी ५ मा सिनेटका दुई सदस्यबारे निर्णय हुनेछ र त्यसैले उनको पार्टीले सदनमा आफ्नो नियन्त्रण कायम गर्छ कि गर्दैन भन्ने तय हुनेछ।

Advertisement

हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटहरूकै नियन्त्रण रहेको छ। सोमवार बाइडनको जितको आधिकारिक पुष्टि भएपछि विश्वका तीन नेताले पनि बाइडनलाई बधाई दिएका छन्।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारु र मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले राष्ट्रपति निर्वाचित भएपछि बधाई दिन अनकनाएको भन्दै व्यापक टिप्पणीहरू भएका थिए।

Advertisement

मक्कोनेलले कसरी तोडे मौनता ?
सिनेटमा बोल्दै मक्कोनेलले नोभेम्बर ३ मा भएको चुनावमा आफूले फरक परिणामको आशा गरेको तर इलेक्टोलर कलेजले जितको पुष्टि गरेको बताए।

त्यसैले म राष्ट्रपति निर्वाचित जो बाइडनलाई आज बधाई दिन चाहन्छु, उनले भने। उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिँदै मक्कोनेलले भने, पहिलोपटक उपराष्ट्रपतिमा महिला निर्वाचित हुनु सबै अमेरिकीको लागि गर्वको कुरा हो।

बाइडनले पछि आफूले मक्कोनेलसँग टेलिफोनमा कुरा गरेको र बधाईका लागि धन्यवाद दिएको बताए। ढिलो नगरी मिलेर काम गर्न पनि दुवै सहमत भएको बाइडनले बताए। राष्ट्रपति ट्रम्प भने आफ्नो अडानबाट पछि हट्ने देखिएका छैनन्।

ट्रम्पले राष्ट्रपति निर्वाचित बाइडनको जितलाई कसरी लिएका छन् भन्ने प्रश्नमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकेननीले राष्ट्रपति अझै पनि चुनावसँग सम्बन्धित जारी मुद्दामै संलग्न रहेको मात्रै बताइन्।

ट्रम्पले ह्वाइट हाउस छोडेपछि सिनेटका शीर्ष नेताका हिसाबले पदमा रहने रिपब्लिकनको तर्फबाट सबैभन्दा शक्तिशाली व्यक्ति मक्कोनेल नै हुनेछन्। त्यसैले पनि राष्ट्रपति निर्वाचित बाइडनलाई उनले बधाई दिनु अर्थपूर्ण रहेको बीबीसीका संवाददाता एन्थोनी जर्चरको विश्लेषण रहेको छ।

मक्कोनेलले बाइडनको विजय स्वीकार्नुले ज्यानुअरी ६ मा संसद्‌मा उनको हारलाई चुनौती दिने ट्रम्पको अन्तिम तीर पनि अर्थहीन भएको छ। अब भने ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा सुरु भएको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top