१ पौष, सुनसरी । सुनसरीको दुहवी नगरपालिका-९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित मंगलवार दिउँसो १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् ।
ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।