विराटनगरबाट लागुऔषधसहित २ जना पक्राउ

३० मंसिर ७७, बुधबार

१ पौष, मोरङ । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

Advertisement

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका-१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका-३ का २५ बर्षय रितेश परियारलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट २० चक्की र डाईजेल्याब २८ एम्पुल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top