एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने

एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने

२ पौष, काठमाडौं । एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष हुने एसियन महिला च्याम्पियनसिपमा नेपालको सहभागिता गराउने निर्णय गरेको हो ।

संघको कार्यसमितीको बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपका लागि नेपाली महिला टिमलाई सहभागी गराउने बताएको छ ।
चिनीयाँ भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि जनवरी १५ तारिखसम्म टिम दर्ताको समय छ ।

नेपालको दावेदारीलाई एसियन भलिबल महासंघले स्वीकृति दिएमा प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा १६ भन्दा बढी टिमले दावेदारी गरेमा नतिजाका आधारमा टिमको छनोट हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.