×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

भिसाबिनै ७ नेपाली यात्रु हङकङ पुगे, निगमलाई सोधियो स्पष्टीकरण

२ पौष, काठमाडौं । लिएर गएका यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टका नतिजा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको नेपाल वायुसेवा निगमलाई अर्को समस्या परेको छ ।

लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरकफरक समयमा भएका तीन चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु लगेको भन्दै हङकङको अध्यागमन कार्यालयले निगमलाई स्पष्टीकरण सोधेको छ ।

Advertisement

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर (१ लाख ५१ हजार रुपैयाँ) का दरले करिब साढे १० लाख रुपैयाँ जरिवाना तिराउने उल्लेख गरेको छ । स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती यात्रु भदौ र असोज महिनामा भएका उडानबाट हङकङ पुगेका थिए ।

‘हङकङको अध्यागमन कार्यालयले निगमको हङकङ स्टेसनलाई ती यात्रुको नामसहितको विवरण पठाउँदै स्पष्टीकरण पत्र पठाएपछि थाहा पाइयो,’ काठमाडौंस्थित निगम स्रोतले भन्यो, ‘हङकङ स्टेसनले त्यहाँको स्टेसनलाई सोधेको स्पष्टीकरण काठमाडौं मुख्यालयमा सर्कुलर गरेपछि यो विषय बाहिर आएको हो ।’ निगमको हङकङ स्टेसनले उताको सरकारको पत्रसहित यात्रु पठाउँदा नियम कडाइका साथ पालना गरेरमात्रै पठाउन भनेको छ

यस विषयमा सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निर्देशन दिएको विमानस्थलमा रहेको यात्रु सेवा विभागका निर्देशक जनकराज कालाखेतीले बताए । उनले यसबारे अध्ययन भइरहेको बताउँदै चाँडै प्रतिवेदन महाप्रबन्धकलाई बुझाइने बताए ।

निगमका एक अर्का अधिकारीका अनुसार, बिनाभिसा नेपालबाट जानेमा ३ पुरुष र ४ महिला छन् । ‘३ जना १८ वर्षमुनिका पुरुष र ४ जना हङकङ आईडीवाहक नेपालीका पत्नीहरू छन्,’ ती अधिकारीले भने । उनीहरू सबै हाल हङकङमै छन् । ७ जना सबै आईडीवाहकका आश्रित परिवारजन भएको देखिएको छ । निगमका ती अधिकारीका अनुसार, यात्रुहरू काठमाडौंका ट्राभल एजेन्सीबाट निगमका उडानको एकतर्फी टिकट खरिद गरेर हङकङ पुगेका हुन् ।

‘भिसा नभएका यात्रुलाई कुनै पनि वायुसेवाले बोर्डिङ पास नै जारी गर्न मिल्दैन,’ स्रोतले भन्यो, ‘यसमा ती यात्रुलाई बोर्डिङ पास दिलाउने निगमका कर्मचारी र त्यस दिन विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्टमा छाप लगाउने कर्मचारीहरूको मिलेमतो देखिन्छ ।’ यस विषयमा विमानस्थलमा रहेको अध्यागमन कार्यालयका प्रमुख गौलोचन सैंजूले कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

निगमको हङकङ कार्यालयले चार्टर उडान सुरु नहुँदै काठमाडौंबाट उड्नेसँग त्यहाँको भिसा अनिवार्य हुनुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र, १४ दिन होटल क्वारेन्टाइनको बुकिङ र आफू स्वस्थ रहेको स्वघोषणापत्र भरेको हुनुपर्ने नियम भएकाले त्यस्ता यात्रुलाई मात्रै पठाउन परिपत्र गरेको थियो । तर, निगमको विमानस्थलस्थित कार्यालयले उक्त परिपत्रको नियम उल्लंघन गर्दै भिसा नभएका नेपालीलाई पठाएको खुलेको हो ।

Advertisement

यसैबीच निगमको मंसिर १५ को उडानबाट पीसीआर नेगेटिभ भएको प्रमाणपत्र बोकेर गएका ५ यात्रुमा पुनः हङकङमा जाँच गर्दा पोजिटिभ देखिएपछि निगमको उडान हाल दुई साताका लागि रोक लगाइएको छ । निगमले काठमाडौं हङकङ उडान २२ दिनपछि आगामी सोमबार पुनः सुचारु गर्दै छ । यो समाचार आजका ेकान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top