शेयर बजार: आज पनि घट्यो नेप्से परिसूचक

२ पुस ७७, बिहीबार

२ पुष, काठमाण्डौ । शेयर बजार कारोबार मापक नेप्से बिहीबार २२ दशमलव ७ अंकले घटेको छ ।

Advertisement

बुधबार ६ अंकभन्दा बढिले घटेको परिसूचक बिहीबार पनि घटेर २ हजार ३२ दशमलव ५२ अंमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार माइक्रो–फाइनान्सबाहेक सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २७४ दशमलव २७ अंले घटेको छ । बिहीबार ६ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरको १४ करोड ११ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार मापक सूचक घटे पनि बिहीबार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । नारायणी डेभलपमेन्ट विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ७ दशमलव ५१ प्रतिशत गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top