सांसदको आग्रहः उद्योगीबाट ब्याजसहित उखुको रकम असुलियोस

२ पुष, काठमाडौं । उखु किसानको पैसा नदिने उद्योगीहरुलाई कडा कारबाही गरी पैसा असुल गर्र्नुपर्ने सांसदहरुले बताएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले उद्योगीलाई कारबाही गरी उखु किसानको बक्यौता रकम तिराउनुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले उखु उद्योगबाट आम्दानी गरेको रकम अन्य व्यवसायमा लगानी गर्ने तर किसानलाई पैसा नदिने उद्योगीलाई ब्याज सहितको रकम तिराउनुपर्ने बताए । उनले भने ‘राज्यलाई विभिन्न बाहाना गरेर पैसा नतिर्ने र त्यो पैसाले अरु व्यवसाय गर्ने भएकाले उद्योगीले पैसा नतिरेका हुन् । उखु किसानलाई ब्याज तिर्नुपर्छ । किसानले घर जग्गादेखि बिउ बिजनसम्म ब्याजमा लिएर किनिरहेका छन् । उखु किसान चाहिँ माइतिघरमा आएर रोइरहनुपर्ने ? उद्योगीले किसानलाई ब्याज तिर्नुपर्छ ।’ बैठकमा कांग्रेस सांसद भिमसेनदास प्रधानले उद्योगीको सम्पतिबाट भएपनि किसानलाई भुक्तानी दिलाउनुपर्ने बताए । जनता समाजवादी पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले एक वर्ष पहिला पनि उखु किसानको आन्दोलन भएको स्मरण गर्दै त्यतिबेला सरकारलाई निर्देशन दिएको भएपनि सरकारले मौनता साँधेको आरोप लगाए । राज्यले उखु किसानको समस्या र चिनी मिललाई प्राथमिकताका साथ हेर्नुपर्ने पनि बताए । उनले भने ‘उखु किसानलाई राज्यले संरक्षण दिएन भने चिनी मिल बचाउन सकिँदैन । पहिलो प्राथमिकता उखु किसानलाई दिनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले उखु किसानमाथि अत्याचार भएको भन्दै उद्योगीहरुलाई केही घण्टा समय दिएर पक्राउ गर्नुपर्ने बताए । उनले भने ‘गोदाममा चिनी छैन रे, चिनी त बेचिसकियो होला त्यो पैसा खोई ? अत्याचार भयो किसानलाई, अब दिनको कुरो होईन, घण्टा भित्रमा पक्राउ गर्नुपर्यो । साँवा सम्म दिलाउँ । आकाश पत्ताल खोजेर यतिजना समातियो भन्नु पर्यो ।’ सांसदहरुले उखु किसानको समस्या दिर्घकालमा नआउने गरी समाधान गर्न समेत माग गरेका छन् । उनीहरुले अहिलेको समस्या तत्काल समाधान गरी किसानलाई घर फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top