×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आज विवाह पञ्चमीः स्वास्थ्यमापदण्डको पालना गरी उत्सव मनाउन राष्ट्रपतिको आग्रह

Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

४ पौष, काठमाडौं । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मनाइँदैछ।

त्रेता युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । शोभायात्रामा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।

यस वर्ष भने कोरोना सङ्क्रमण जोखिमका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रम समेत छोटो विधिबाट भौतिक दूरी कायम गरी मनाइनेछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यमापदण्डको पालना गरी विवाह पञ्चमी उत्सव मनाउन आग्रह गरेकी छन् ।

विवाह पञ्चमीको अवसरमा शुभकामना दिदै उनले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रुपमा रहेको विवाह पञ्चमी पर्वले सबै नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

Scroll to Top