×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम ओली

१३ जेष्ठ २०७५

काठमाडौँ, १३ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताएका छन् ।

Advertisement
Advertisement

सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिनेछ । कर्मचारी प्रशासन ठीक ढंगले अघि बढाइने छ । प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइनेछ ।

“सरकारको नीति तथा कार्यक्रम सही छ, अग्रगामी छ, देशका समग्र विषयलाई समेटेको छ, विकास र समृद्धिका विषयलाई समेटेको छ, नेपाली जनताको चाहना समेटिएको छ, पूरा गर्ने स्पष्ट बाटाहरु देखाएको छ”, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अब प्रतिपक्षलाई राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न आग्रह गर्दै सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको बताए ।

“देशलाई अहिलेको आर्थिक स्थितिको विन्दुबाट अघि बढाउनुपर्छ । नेपाल सधैँ गरीब र पछि रहिरहन सक्दैन, अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पु¥याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको छ”, प्रधानमन्त्री ओलीले भने । मुलुकलाई सम्पन्न गराउने समृद्धि र विकासमा केन्द्रित नीति तथा सुखी नेपालीको राष्ट्रिय आकांक्षा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको लक्ष्य प्राप्तिका लागि कुन बाटोबाट जान्छौँ भन्ने स्पष्ट रहेको बताए ।

देशको सुरक्षा, सम्मान, हित र पूर्वाधारलगायतका आधारबाट जनताबाट जनतालाई सुख र समृद्धि तुल्याउने नयाँ राजनीतिक प्रणालीको अभ्यास भइरहेको बताउँदै उनले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, व्यापक रोजगारी सिर्जना, उत्पादन र रोजगारी, राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने र व्यापार घाटालाई सन्तुलनमा ल्याउने कुरा नीति र कार्यक्रम प्रस्तुत भएको बताए ।

“कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जान्छौँ, पानीजहाजबाट सामान ढुवानी हुनेछ । रेलमार्गलाई काठमाडौँ, केरुड र लुम्बिनीसँग जोड्न अध्ययन भइरहेको छ, तीन वर्षभित्र काठमाडौँमा मेट्रो चल्छ, यो योजनाविहीन ढंगले भनेको होइन”, उनले भने ।

विराटनगर र नेपालगञ्ज विन्दुबाट अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि हवाइजहाजले प्रवेश पाउने, अप्टिकल फाइबर ओछ्याउने र अर्काे वर्ष विद्युत्भार कटौती अन्त्य गर्ने ढंगबाट काम भइरहेको बताउँदै उनले उत्पादित विद्युत् प्रसारण लाइनको व्यवस्थापन गरेर आवश्यकतानुसार व्यवस्थापन गरिनेछ भने ।

सबैखाले एकाधिकारलाई अन्त्य गरिने दृढता उनले व्यक्त गरे। जुनसुकै वंशज नेपाली नागरिक सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै व्यवधान नहुने बताउँदै उनले समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, “संविधान संशोधन गर्न सकिने दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुनसक्छ । यससम्बन्धी समस्या समाधार गर्न सरकार तयार छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक विविधतालाई सांस्कृतिक सम्पन्नताको विषय बनाउनुपर्छ र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता हुनुपर्छ भने ।

संघीयताको नयाँ अभ्यासका क्रममा आउने समस्यालाई छलफलका आधारमा सहमतिमा ल्याएर स्थानीय र प्रदेशसभा सरकारलाई प्रतिफलमूलक बनाइने पनि उनले बताए । नीति तथा कार्यक्रम उपयुक्त भएकाले प्रभावकारी कार्यान्वयन होस् भनी सांसदको चिन्ता र सदासशताबाट सरकारलाई सजग गराउने कार्य भएकामा उनले धन्यवाद ज्ञापन गरे ।
रासस

Advertisement

 

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top