आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन ओलीको आग्रह, प्रचण्ड–नेपालद्वारा अस्वीकार

४ पुस ७७, शनिबार

४ पुस, काठमाडौं ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खुमलटार छलफलमा आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् ।

Advertisement

कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल, पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगको आज बिहान खुमलटारमा भएको छलफलमा ओलीले आफूविरुद्धको प्रतिदेवन फिर्ता लिन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार ओलीको सो आग्रह प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् । छलफलमा उपस्थित गौतम भने ओलीले गरेको आग्रहप्रति मौन रहेका स्रोतले बताएको छ ।

Advertisement

डेढ घण्टासम्म प्रचण्डबीच छलफल गरेपछि ओली गृहमन्त्री रामबहादुरलाई भेट पुल्चोक पुगेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top