काठमाडौँका सडक सरसफाईमा निस्कियो अनामनगर युवा क्लव

४ पुस ७७, शनिबार

४ पुस, काठमाडौं ।

Advertisement

अनामनगर युवा क्लवले काठमाडौँ महानगरपालिका वडा नं. २९ का विभिन्न स्थानमा सरसफाई गरेको छ ।

युवा क्लवले शनिबार अनामनगर, हनुमानस्थान, बिजुलीबजार लगायतका १८ स्थानमा सडक सरसफाई गरी डस्टविन राखेको छ । क्लवका दर्जन बढी सदस्यहरुको उपस्थितिमा वडा नं. २९ भित्र पर्ने मुख्यचोक तथा सहायक सडकहरुमा सरसफाई गरी डस्टविन राखेको हो ।

Advertisement

क्लवको सरसफाई अभियानबाट स्थानीयबासिले खुशी व्यक्त गरेका छन् । क्लवले समाजमा रहेका विकृतिविरुद्ध सरसफाई अभियान सञ्चालन गरी असल नागरिक उत्पादन गर्ने काम गरेको स्थानीयबासि हरिप्रसाद गिरीले बताए ।

Advertisement

उनले भने ‘क्लवले राम्रो काम गरेको छ । सरकारले गर्ने काम भाईबहनिनहरुले गरिरहनु भएको छ । यस्तो कामलाई हामीले प्रोत्साहन गर्नुपर्छ । आर्थिक, सामाजिक रुपमा सहयोग गर्नुपर्छ । यसलाई बढाएर लानुपर्छ ।

राज्यले, स्थानीय सरकार सबैले सहयोग गरेर असल नागरिक उत्पादन गर्ने कुरामा टेवा दिनुपर्छ ।’ क्लबले आगामी दिनमा पनि सरसफाई अभियानलाई निरन्तरता दिने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top