शीतलहर छल्न परालको सहारा

५ पौष, काठमाडौं । परालले छाएको सानो छाप्रो । एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्।

सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनका लागि जाडोको सहारा घुर हो। तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन्।

ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ। उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ।’ शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला ओढ्ने–ओछ्याउने न्यानो कपडाको जोहो आफूहरूका लागि आकाशको फल जस्तै भएको उनले बताए।

Advertisement

न्यानो ओढ्ने–ओछ्याउने नहुँदा गत वर्ष पत्नी गुमाउनुपरेको पीडाले अहिले पनि उनलाई सताएको छ। मौसम र सरकार दुवै गरिबमारा रहेको उनको बुझाइ छ। ‘ठन्ढियो गरिबे सबके उपर हमला करै छै (चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दो रहेछ),’ उनले भने, ‘गरिब मरलो पर सरकार कोनो मोजर नै करै छै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन)।’

चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दा बताउँछन्। राजदेव पासवानले भने, ‘चुनावके बाद घरेमे सरकार यतै कहैछेलै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थे, अखनी तक सरकार याल जका नै बुझहाय (अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन)।’ यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top