×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

ओलीका तीन तुरुप, अध्यक्ष छाड्नै परे गौतमलाई दिने तयारी

५ पौष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ। कात्तिक २८ को सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न गरेको ओलीको आग्रहलाई दाहालले अस्वीकार गरेसँग दुवै अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो।

दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले तीन रणनीति सुरु गरेका छन्। नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन्।

Advertisement
Advertisement

दोस्रोमा पूर्वएमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पहिलो अध्यक्षका रुपमा अघि सार्ने र तेस्रोमा ओली, दाहाल दुवैका प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रुपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटी बैठकमा सामूहिक प्रतिवेदन पेस गर्ने ओलीको योजना छ।

ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन्। ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ।

‘प्रधानमन्त्रीले गृहमन्त्रीलाई सबैलाई मान्य हुने प्रतिवेदन लेख्न आग्रह गरेका हुन्। ‘कोही कसैको पक्षमा लाग्नुपर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ’, प्रधानमन्त्रीले थापासँग गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो।

पूर्वमाओवादी समूहका केही नेतासमेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेको र गौतमलाई अध्यक्ष बनाउँदा खासै विवाद नहुने सुझाव ओलीलाई दिएका कारण ओली पक्षका केही नेता यसको गृहकार्यमा जुटेको स्रोतको दाबी छ। शनिबार बिहान दाहाल निवासमा भएको छलफलमा वामदेव गौतम पनि सहभागी थिए। गौतमले गुट भेलामा सहभागी नहुने तर सामूहिक छलफलमा सहभागी हुने बताउँदै आएका छन्।

‘दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष गौतमलाई पनि बोलाइएको थियो उहाँसँग पनि केही बेर कुराकानी भयो तर कुराकानी लाभदायक भएन’, खुमलटारनिकट स्रोतले भन्यो, ‘उपाध्यक्षले पनि दुई अध्यक्ष मिल्नुस्, पार्टी एकता जोगाउनुस् तर अलि बढी जिम्मेवार प्रधानमन्त्री बन्नुस् भन्नुभयो। कुराकानी त भए तर के के विषयहरू मिलेका छैनन् भन्ने बारेमा चाहिँ छलफल नै हुँदैन।’ बिहान करिब १० बजे खुमलटार पुगेका ओली दुई घण्टापछि बाहिरिएका थिए। खुमलटारमा माधव नेपालको प्रवेशपछि ओली बाहिरिएका हुन्।

प्रधानमन्त्री ओली खुमलटारबाट सीधै मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए। पुल्चोकमा गृहमन्त्री थापासँग केही बेर कुराकानी गरेका ओलीले सबैलाई मान्य हुने साझा प्रतिवेदन ल्याएर पार्टी एकतालाई कायम राख्न आग्रह गरेको स्रोतको दाबी छ। ओली र थापाले कुराकानी गरिरहेका बेला पुल्चोकमा भूमिसुधारमन्त्री पद्मा अर्याल, भौतिक योजना मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि पुगेका थिए। उनीहरूलाई ओलीले दाहालसँगको कुराकानी फलदायी नभएको बताएका थिए।

‘आजको भेट खास उपलब्धिमूलक भएको छैन। स्थायी कमिटीको बैठक चलिरहेको छ। समस्याको समाधान खोज्ने थलो एउटा त्यो पनि हो तर पार्टी सहमतिमा सञ्चालन गर्ने भन्ने उल्लेख छ त्यो सहमति उल्लंघन हुँदै आएको छ’, ओलीले त्यस बेला भनेका थिए। दाहाल–नेपाल समूह ओलीलाई एक पद छोडाउने रणनीतिमा लागेका छन्। तर ओली दुवै पद छाड्ने मनस्थितिमा छैनन्।

Advertisement

ओली शनिबार दिनभरि नै भेटघाटमा व्यस्त रहे। ‘खुमलटारबाट निस्केपछि उहाँ दिनभरजसो व्यस्त हुनुभयो। पार्टी एकतालाई जोगाउन कसरी सकिन्छ भन्ने विषयमा निकै चिन्तित हुनुभयो र गृहमन्त्री तथा अन्य नेतासँगको छलफलमा रहनुभयो’, बालुवाटारनिकट स्रोतले भन्यो। दिनभर नेताहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। उनले दिनभर भएको घटनाक्रमबारे भण्डारीलाई ब्रिफिङ गरेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top