मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा शुरु

४ पुस ७७, आइतबार

५ पुस, काठमाडौं ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा शुरु भएको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बिहान पौने १० मा बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए। बैठक शुरु भइसकेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले बताए।

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ। सरकारले मंसिर ३० गते ल्याएको अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने सहमतिमा प्रधानमन्त्री ओली पुगेका थिए।

Advertisement

तर औपचारिक रुपमा यस अध्यादेश फिर्ता भएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top